मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ७४ नेपालीले ज्यान गुमाएका छन् ।
कहालीलाग्दो वैदेशिक रोजगार,दश बर्षमा १० हजारभन्दा बढी श्रमिकको ज्यान गयो

Khaptad Daily 64+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

रासस 

नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ७४ नेपालीले ज्यान गुमाएका छन् ।

गत आवमा मात्र १ हजार ४ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाएको र ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।

२०७१/७२ मा ६ महिला र १ हजार पुरुषको प्रवासमा ज्यान गएको थियो । २०७२/७३ मा २४ महिला र ७ सय ८९ पुरुष गरी ८१३ को मृत्यु भएको देखिन्छ । २०७३/७४ मा १८ महिला र ७ सय ३७ पुरुष गरी प्रवासमा ७ सय ५५ जनाको ज्यान गएको थियो ।

यस्तै २०७४/७५ मा ८ सय पुरुष र २१ महिला कामदारको विदेशमा ज्यान गएको थियो । त्यसपछि २०७५/७६ मा ७ सय ९६, २०७६/७७ मा ६ सय ५६, २०७७/७८ मा १ हजार २ सय ४९, २०७८/७९ मा १ हजार ४ सय ७९, २०७९/८० मा १ हजार २ सय ८ र २०८०/८१ मा १ हजार ४ सय ९२ नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका छन् 

जिफन्टका अनुसार वैदेशिक रोजगार विभागले मृतक संख्या गन्ने र श्रमिककै पैसाले बनेको कल्याणकारी कोषबाट मृतकको परिवारलाई भुक्तानी दिनुबाहेक केही गरेको देखिँदैन ।

गन्तव्य मुलुकमा श्रमिकको मृत्यु रोक्न कार्यस्थल तथा आवासको अवस्था सुधारका लागि सरोकारवालासँग छलफल गर्ने योजना बनाउनेतर्फ कुनै वास्ता नगरिएको जिफन्टको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा मृत्यु भएका अधिकांश व्यक्तिको मृत्युको कारण प्राकृतिक, हृदयाघात वा अचानक भएको मृत्यु लेखिएका कारण मृतक श्रमिकका परिवार गन्तव्य मुलुकबाट क्षतिपूर्ति लिनबाट पनि वञ्चित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार