मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

जबकि निर्वाचन आयोगले माघ ४ गते सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निर्मला साउँदको नाम समावेश छैन।
भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै

Khaptad Daily 64+ समाचार ( )
९ माघ २०८२, बिहीबार

नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका डा. भीम रावलमाथि चुनावी प्रचारका क्रममा गम्भीर झुट बोलेको खुलासा भएको छ।

आरोप अनुसार डा. रावलले समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम नै समावेश नभएकी बान्नीगढी जयगढ गाउँपालिकाकी निर्मला साउँदलाई आफ्नो चुनावी सभामा समानुपातिक उम्मेदवारको रूपमा प्रस्तुत गर्दै आसनग्रहणदेखि प्रचार–प्रसारमा सहभागी गराएका छन्।

पश्चिम रैवारबाट सभार

जबकि निर्वाचन आयोगले माघ ४ गते सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निर्मला साउँदको नाम समावेश छैन।

बन्द सूचीमा नामै नभएकी निर्मलालाई समानुपातिक उम्मेदवार भन्दै अगाडि सारेर मतदाता रिझाउने प्रयास गरिएको भन्दै रावलबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छन। विपक्षी दलका नेताहरुले चुनाव हार्ने निश्चित देखिएपछि डा. रावलले बाहुल्य मतदाता भएका खास समुदाय र क्षेत्रका मतदाता आकर्षित गर्न यस्तो झुटको सहारा लिनुपरेको बताएका छन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैशीले सामाजिक सञ्जाल फेसबुकमार्फत डा. रावलले यसअघि पनि चुनावका क्रममा गम्भीर झुट बोलेको आरोप सार्वजनिक गरेका छन्।

उनका अनुसार २०७० सालको निर्वाचनमा दलित समुदायको मत रिझाउन रावलले ११ दिनसम्म जंग बी.क.लाई समानुपातिक उम्मेदवारको रूपमा आसनग्रहणदेखि भाषण गर्न लगाएका थिए , जबकि उनको नाम पनि समानुपातिक सूचीमा समावेश थिएन।

यस्तै, २०६४ सालको संविधानसभा निर्वाचनमा समेत मिना साउँदलाई सांसद पद सुनिश्चित भइसकेझैँ प्रचार गरिएकोमा पछि उनलाई समानुपातिक संसद बनाईएन ।

चितवन महाधिवेशनमा केपी शर्मा ओलीसँग पराजित भएपछि मातृभूमि जागरण अभियान सुरु गरेका रावल पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध छन्।

अछामबाट पटक–पटक सांसद र मन्त्री बने पनि जिल्लाको विकासका लागि काम गर्न नसकेको भन्दै रावलप्रति स्थानीय नागरिकमा असन्तुष्टि छ।

अछाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट दीपक साउँद चुनावी मैदानमा छन्। युवामाझ लोकप्रिय र बलियो मतभार भएका उम्मेदवार साउँदले यसपटक डा. रावललाई सहजै पराजित गर्ने एमालेको दाबी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै