डोटी जिल्लाको विभिन्न ठाउमा जंगली बदेलको आतंकले किसान हरु चिन्तित भएका छन, 'दिन रात नभनि मेहनत गरेर लगाएको मकै बाली एक रातमै नष्ट गरिदिएपछि जोरायल गाउपालिका -१ तोलि निवासी अगुवा कृषक खडक मल्लले फेसबुकमा स्टाटस राख्दै बँदेल नियन्त्रणका लागि आग्रह गरेका छन । नेपालको प्रमुख खाद्यान्न बाली मध्य मकै बाली पनि प्रमुख मानिन्छ, पहाडिक्षेत्रबाट तराइमा बढ्दो बसाइँसराइ का कारण पहाडका गाउबस्तिहरुमा बनजंगल झाडिहरु फैलिदै गर्दा यस्ता जंगली बन्यजन्तु हरुको संङ्ख्या मा वृद्धि भै कृषकको बाली नाली क्षती गरिरहेको अबस्थामा किसान "मल्लले आफ्नो फेसबुकमा लेखेका छन
""यो भन्दा ठुलो पिडा अरु के नै हुन सक्छ र ।
बिमा गर्न खोज्दा पोलिसी आउदैन बजार खोज्दा बिचौलिया ले गर्दा बजार पाउदैन अनुदान खोज्दा अनुदान को क्राइट एरिया पुग्दैन बाटोमा काम गर्दा ठेकेदार ले ढाट्छ हामि कृषक काहाजाने ।
जोरायल गाउँपालिका वार्ड न १ को बिभिन्न टोल बस्तिमा एसरी नै बदेल ले बारि सखाप परेको छ ।
कसरीहुन्छ बदेल नियन्त्रण मा सहयोग गरिदिन हार्दिक अनुरोध गर्द छौ ।""
बदेल अधिकांश समय समूहमा हिँड्छ र खानेकुरा खोज्न प्राय: रातीमा किसानको खेतबारीमा छिर्छ। यो एसियाको दक्षिणपुर्वीय ठाउँबाट २५ लाख वर्षअघि उत्पति भएको मानिन्छ। हाल यसका १६ उपप्रजाती विश्वभर रहेको मानिन्छ।
सन् २०१९ मा नेपाल सरकारले बदेल आक्रमक रूपमा बढ्ने जनावर भएकाले सिकार गर्न पाइने कानुन पनि बनाएको छ तर जंगली जनावरको सिकार निकै खतरनाक पनि हुन्छ। उचित तालिम र समन्वय नहुँदा अर्को दुर्घटना निम्तिन सक्ने खतरा हुनसक्छ । त्यसैले सरकारले पनि किसानलाई यो समस्या समाधानमा उचित मद्दत गर्नुपर्छ।