मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

एकीकृत समाजवादी पार्टीले माओवादीसँग एकता नगर्ने,पार्टी निष्क्रिय बनेको ठहर

Khaptad Daily 64+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहित महासचिव भुसालले पेस गरेको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरूको समर्थन

कांग्रेस, एमाले र माओवादीसँग सहकार्य गर्दै आयौं तर राष्ट्रिय पार्टी बन्न सकेन, अब आफ्नो खुट्टामा उभिएर अघि जानुपर्छ । - जगन्नाथ खतिवडा, उपाध्यक्ष, एकीकृत समाजवादी 

काठमाडौँ —एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहितको राजनीतिक प्रतिवेदन पेस भएको छ । शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले पनि पार्टी बलियो नभएसम्म माओवादीसँग एकतामा जान नहुने धारणा राखेका छन् ।

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि शीर्ष तहमा धेरै पटक छलफल भइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आआफ्नो टिममा छलफल गरी एकता संयोजन समिति बनाउने निधो गरेका थिए ।

महासचिव घनश्याम भुसालले स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको उल्लेख छ ।

‘सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ । आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ ।’

भुसालले माथि टाउकामा मात्र एकता गरे असफल हुने जनाउँदै एमाले–माओवादी एकताको उदाहरण दिएका छन् । ‘नेतृत्वका केही मानिसका सत्तास्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको एमाले र माओवादीका बीचमा भएको एकता, कचिङ्गल र विभाजनले देखाएको छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नुपर्नेछ ।’

एमालेबाट विभाजन भएपछि पार्टीमा व्याप्त निराशाका कारण कहिले माओवादी र एमालेसँग नजिक हुन खोज्दा समस्या आएको निष्कर्ष निकालिएको छ ।

सेतोपाटी बाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार