मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

लक्ष्मिसरस्वती बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

Khaptad Daily 64+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

जोरायल गाउपालिका वडा नं. ४ सिलिङ्गिबाग स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

संस्थाका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन प्रमुख अतिथि जोरायल गाउपालिका अध्यक्ष दुर्गादत्त ओझाले गरेका थिए। कार्यक्रममा उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताउदै उनले देशको समसामयिक विषयमा सहकारीकर्मीहरुले पनि जानकारी राख्नुपर्नेमा जोड दिँए।

विशिस्ट अतिथि जोरायल गाउपालिका उपाध्यक्ष जमुना बोहराले सहकारीको साधारणसभाको शुभकामना व्यक्त गर्दै सहकारीहरुमा बढ्दो कर्पोरेट प्रवृत्तिदेखि सजग हुनुपर्ने बताइन। सहकारीका शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन  संस्थागत रुपमा पनि उद्यमशिलताबाटै व्यक्ति र देशको आर्थिक अवस्था मजवुद बनाउन सकिने भएकाले सदस्यहरुलाई संस्थाबाट ऋण लिएर उद्यमी बन्न उपाध्यक्ष बोहराले  आग्रह गरीन।

सहकारीका अध्यक्ष लोक बहादुर थापा बुचाले आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए। 

सहकारीका प्रमुख कार्यकारी अधिकृत ठक्कर बहादुर कठायतले संस्थाका गतिविधिहरूबारे स्पष्ट पार्दै सहकारीलाई देशकै उत्कृष्ट बनाउने लक्ष्यमा अघि बढिरहेको बताए। सहकारीले व्यावसायिक ऋण, कृषि तथा पशुपालनमा,वैदेशिक रोजगार जस्ता शिर्षकमा ऋण लगानी गरेको बताएका छन।

उक्त कार्यक्रममा जोरायल बाट एसईईमा कृषि तर्फ उत्कृष्ट नतिजा ल्याउने २ जना र साधारण तर्फका २ जना शेयरधनिका बालबालिकालाई जनही रू २,००० पुरस्कार सहित संमानपत्र प्रदान गरिएको थियो। त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारी तर्फ कर्जा तथा प्रशासन प्रमुख बिक्रम शाह, जेष्ठ नागरिक ६ जना, उत्कृष्ट बचत १२ जना, बाल बचत ६ जना, र उत्कृष्ट कर्जा ग्राही १४ जना गरी जम्मा ४३ जनालाई सम्मान गरिएको थियो।

सस्थाका सचीव चित्रराज भट्टले संचालन गरेको कार्यक्रममा  विभिन्न वडाका अध्यक्ष, शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, बैंक तथा सहकारीका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, र देउडा गायक भुवन दहाललगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रम मा कलाकार भुवन दहालले सांगीतिक प्रस्तुति राखेका थिए।

प्रतिक्रिया

Bishnu Thapa २३ मंगशिर २०८१, आइतबार

Good

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार