मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

शाकाहारी बन्न कविका टिप्सहरु कविता मार्फत

Khaptad Daily 64+ समाचार ( )
लेखक- श्री मीन बहादुर रोकाया , उहाँ श्री घन्टेश्वर माध्यमिक विद्यालयमा बिगत १७ बर्ष देखि अध्यापनरत हुनुहुन्छ ,उहाले समाज परिवर्तन का प्रगतिशील लेख तथा आलेखहरु मार्फत सकारात्मक संदेशहरु दिनुहुन्छ ।
२४ श्रावण २०८१, बिहीबार

सह्मालौं हैं स्वादे जिब्रो त्यागौं अल्छी तिघ्रो,

चिकेन मटन सेकुवा र माछाको त्यो सिध्रो।  

अनमोल जीवन व्यवास्थामा व्यर्थ्यैमा नफालौं,

स्वस्थ जीवन आनीवानी सबैले अंगालौं।। 

सकेसम्म राखौं सधैं साकाहारी बानी,

निरोगी र स्वस्थ बन्ने उपायलाई जानी। 

जगतमा दुइटा थरी जीव आत्माको वास, 

मांसहारी साकाहारी हुन है यीनै खास।। 

लामा नङ्ग्रा तिखा दाह्रा छोटो भूँडी आन्द्रा,

मासंहारी प्राणीका विशेषता नै जात्रा। 

नङ्ग्रा नभइ नङ्ग भएका दाह्रा नभइ दाँत,

साकाहारी प्राणीका लामा आन्द्रा  खास।।

भोजन राम्रो साकाहारी स्वस्थकर आहा,

के के फाइदा हुँदा रैछन् दिउकी सबलाई थाहा। 

महत्वले भरीपूर्ण साकाहारी खाना,

मांसहारी भन्दा पनि फरकै छ जान।।

फाइवरले भरिपूर्ण साकाहारी खाना, 

कोलेष्ट्रोल मोटोपना कन्ट्रोल गर्छ जान। 

पाचन शक्ती बृद्दि गर्छ डाइवेटीजलाई रोक्छ,

रक्तचाप कन्ट्रोल गर्छ मुटुको रोग छेक्छ।।  

एण्टिअक्सीडेन्सको मूल साकाहारी खाना,

शरीरको विकारलाई नष्ट गर्छ जान।

अक्सीडेशन प्रोशेसनलाई यसले रोक्ने गर्छ,

दीर्घ रोग र क्यान्सरलाई जसले छेक्ने  गर्छ।।  

आइरनको एब्जप्सन बढ्छ प्रति रक्षा  शक्ती, 

भिटामिन सी हाम्रा लागी फाइदा कति कति । 

साकाहारी भोजनमा यो मिल्छ जहिल्यै नि ,

मांसहारी भोजनमा यो मिल्दैन कहिल्यै नि।। 

धेरै थरी इन्फेक्शन र रुघाखोकी लाग्दा ,

खाँचो पर्छ भिटामिन सि हड्डी स्वस्थ राख्दा। 

मुटु क्यान्सर मष्तिष्कघात रोगहरु नै कत्ति Û

साकाहारी भोजन बाट रोकिन्छन् यी जत्ति।। 

मानव स्वास्थ्य रक्षा खातिर फाइवर भिटामिन सि,

एण्टिअक्सिडेन्स अनि फाइटो केमिकल नि। 

साकाहारी खानामा यी चार तत्व पाइन्छन् ,

सु स्वास्थ्य दीर्घायु खातिर यिनी सधैं चाहिन्छन्।।

साकाहारी भोजनमा फाइटो केमिकल ,

यसले रोक्छ दीर्घ रोगलाई नपरौं अलमल।

साकाहारी बन्नु फाइदा अथाह छन् जानौं,

स्वस्थ जीवन जीउनलाई साकाहारी बनौं।।

प्रतिक्रिया

Madan Bahadur rokaya १९ भाद्र २०८१, बुधवार

Sandes mulak kabita daiko

Bishal Bohara २४ श्रावण २०८१, बिहीबार

धेरै राम्रो सन्देश

सोभान साउद २४ श्रावण २०८१, बिहीबार

अह साह्रै सहि चित्तबुझ्दो र सकारात्मक सन्देशमुलक कबिता।✍️🙏

मिनबहादुर रोकाया २४ श्रावण २०८१, बिहीबार

स्वस्थ जीवन जीउन प्रेरणा दिने सानो प्रयत्न मात्रै हो। पाठक वर्गको लागि अचारको पित्को बरार मात्रै ।

Uttam २४ श्रावण २०८१, बिहीबार

Nice Poem

लाेकराज पाण्डेय, अजयमेरु -२ डडेल्धुरा २४ श्रावण २०८१, बिहीबार

आदरणीय सरकाे निकै समसामयिक र सन्देश मुलक रचना

छत्रबहादुर साउद जोरायल गाउपालिका 0४ डोटि २४ श्रावण २०८१, बिहीबार

सर्बप्रथम त सन्देशमुलक रचनाकोलागी आदरणीय ब्याक्तित्व श्री मीन बहादुर रोकाया सर प्रती हार्दिक नमन ! उहाका मानव जिवनलाइ प्रत्यक्ष प्रभाब पार्ने दैनीक जीवन सङ्ग प्रत्यक्ष सरोकार राख्ने यस्ता थुप्रै रचनाहरुमार्फत सचेतनामुलक सन्देसहरु थुप्रै मात्रामा हेर्न मिल्छ ! आशा छ यसले सम्पुर्ण श्रोत जनहरुले स्वास्थ्यमा लगायत अन्य मानव स्वास्थ्य सङ्ग सरोकार राख्ने थुप्रै बिसयमा जानकारी लिएर आफ्नो दैनिक जीवन यापनलाई सरल र सह्ज बनाउन सहयोग मिल्नेछ भन्ने पुर्ण बिश्वास लिएका छौ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार