मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |
मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो?
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो?

Khaptad Daily 64+ समाचार ( )
भ्रममा नपरौं । विदेशीले बोकेको कुकुरले भुके पनि आफ्नो मालिकका लागि भुक्छ । देशको लागि भुक्दैन । पुरानाले लडेका कारण सित्तैमा पाएको प्रजातन्त्रलाई सस्तो रुपमा लिंदैछ नयाँ पुस्ता । जेनजीका नाममा जो मरे, जति मरे, तिनलाई उक्साउने कालो चश्मा हो । नीलो स्याल अहिले यसको फाइदा उठाउन आएको छ, जेलबाट भागेर ! मौन अवधिमा मैले निर्वाचन आचार संहिता भंग गरेको हो भने परेको बेहोर्ने हो। तर भोट दिनुअघि मेरो यो लेख पढ्नुहोला।
२० फाल्गुन २०८२, बुधवार

पत्रकारिता निष्पक्ष हुँदैन । पत्रकारिताको धर्म जनतालाई सूचित गर्नु मात्रै होइन । पस्किएका सूचनाको आधारमा जनमानसलाई सुविज्ञ तुल्याउनु प्रमुख जिम्मेवारी हो । वर्तमान नेपाली पत्रकारिता यस अर्थमा कति ईमान्दार छ ? यो प्रश्नमा मेरो कुनै धारणा छैन । न त यो मेरो जिम्मेवारी हो । सञ्चारकर्मको एक विद्यार्थीका हैसियतमा मेरो न्यायाधीश हुने औकात छैन । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ । तर सबै अभिव्यक्ति सहि हुँदैनन् । लोकतन्त्रको यो सुन्दर मात्रै होइन, कुरुप पक्ष पनि हो । लोकतन्त्रको बैचारिक कारखानामा सही–गलत सबैप्रकारका विचार उत्पादन हुन्छन् । तर आफ्नो पूर्वाग्रह र मिथ्याबिचार त्यागेर यथार्थको वस्तुगत विवेचना गर्ने आलोचनात्मक चेत बिनाको समाज लोकतन्त्रको कमजोर कडी हो । 
रास्वपा नेपाली राजनीतिक पद्दति र लोकतन्त्रको निम्ति किन खतरा हो? किनभने यो दलका स्वनामधन्य भगवानको चरित्र घुर्मैलो छ । यो दलसंग ‘देश बनाउने’ मार्गचित्र छैन । यो दलको भावी प्रधानमन्त्रीका रुपमा प्रक्षेपित काठमाण्डौ महानगरपालिकाका पूर्व मेयरको आफ्नै प्रतीज्ञा–पत्र छ । रास्वपाको ‘करार’ को भाषा अर्कै ! नीलो स्यालरुपी रास्वपाका सभापतिले ‘सय दिनभित्र सहकारी पीडितको रकम फिर्ता गर्ने’ बाचालाई लिपीबद्द गरेपछि कालो चश्माधारीको कन्पारो तातिएको छ । नीलो स्यालको हरेक तिकडमलाई समर्थन गर्न कालो चश्मा तयार छैन । तर उनीहरुलाई चुनाव जित्नकै लागि एकै ठाउँमा छमछमी नाच्नुपर्ने बाध्यता पनि छ । 
सन् २००२ मा अमेरिकाको ‘भिजिट भीसा’ लिएर अमेरिका उड्नुअघि रास्वपाका स्वनामधन्य सभापतिको कुनै राजनीतिक परिचय थिएन । अभिनेत्री करिश्मा मानन्धरकी पति बिनोद मानन्धरको लाजिम्पाटस्थित एक श्रव्यदृश्य उत्पादन कम्पनी थियो, जहाँ उनी फिल्मी गसिपका कार्यक्रम बनाउँथे । नेपाल टेलिभिजनले केही रकम दिएर ती कार्यक्रम प्रसारण गथ्र्यो । 
त्यो बेला माओवादीको नाममा चलेको सशस्त्र द्वन्द चरममा थियो । अमेरिका पुगेका हजारौं नेपाली नागरिकले नक्कली कागज खडा गरेर आफूलाई द्वन्द्व पीडित सावित गर्दै स्थायी आवास अनुमति लिने चलन ब्यापक थियो । राजावादी पञ्चायती परिवारमा जन्मिएका उनले पनि त्यो प्रयत्न गर्नु स्वाभाविक भयो । तर नेपालमा लोकगायकका रुपमा ख्याती कमाएका तनहुँका प्रेमराजा महत रास्वपाका हालका सभापतिको उद्धारक भएर आए । त्यतिञ्जेल उनी भिजिट भीसालाई बिद्यार्थी भीसामा परिणत गर्ने कि माओवादी पीडितका नाममा सिधै ‘ग्रीन कार्ड’ को आवेदन दिने भन्नेमा अनिर्णित थिए । प्रेमराजा महत केही समयदेखि मेरिल्याण्ड राज्यमा नेपाली समुदायको ‘डन’का रुपमा स्थापित भैसकेका थिए । 
नेपालबाट आउने राजनीतिक दलका नेताहरुलाई सत्कार गर्दागर्दै महतले ‘मानार्थ वाणिज्यदूत’को उपाधि हासिल गरिसकेका थिए । रास्वपा सभापतिलाई सल्लाह दिए, ‘तिमी मिडियाको मान्छे, ‘एक्स्ट्रा अर्डिनरी (ईबी १ ) क्याटेगोरी’मा आवेदन देऊ ।’ आवश्यक कागजपत्र महतले नै मिलाइदिए । पाँच वर्षपछि सन् २००८ मा ‘ग्रीन कार्ड’ आयो । यसबीच उनले कहिले टेक्सासको ‘रमाइलो रेष्टुरेण्ट’ मा कमेडी शो सञ्चालन गरे, कहिले मेरिल्याण्डका ‘सब वे’ नामक स्याण्डविच पसलमा काम गरे । मेरिल्याण्डको ‘सब वे’ व्यापारमा भारतीय मूलका गुजरातीहरुको प्रभुत्व छ । चतुर सभापतिले म्यानेजरको पद पाए । पाँचवटा पसलको व्यवस्थापन हेर्न थाले । नेपालबाट आएका ‘माओवादी पीडित’ शरणार्थीहरुलाई केही कमिशन लिएर काम मिलाइदिए । 
एक मुस्लिम महिलासँग प्रेममा परे । एक सन्तानको बाबु बने । नेपाली श्रीमती र दुई छोरीसमेत अमेरिका पुगिसकेका थिए । उनले घर किने । तर नेपालबाट भिजिट भीसामा गएर ‘सब वे’ मा गैरकानूनी रुपले कार्यरत एक अभिनेत्रीसँग लसपस शुरु भयो । पारिवारिक किचलोले समस्याको रूप लियो । सन् २०१४ मा अमेरिकी नागरिकता लिए । त्यसपछि बैंकहरुबाट धमाधम ऋण लिनथाले । त्यो रकमको सकारात्मक वा उत्पादनमूलक लगानी गर्नुको साटो उनी त्यसलाई आफ्नो पारिवारिक दायित्व निर्वाह गर्ने मात्र होइन, बिवाहेत्तर सम्बन्धबाट जन्मिएको सन्तान र उसको आमाको भरण पोषणमा खर्चिन थाले । 
यता ‘एक्स्ट्रा अर्डिनरी क्याटेगोरी’ बाट नागरिकता लिएका थिए, उता ‘एक्स्ट्रा म्यारिटल अफेयर’को भार थपिएको थियो । काममा बैंकको ऋण तिर्ने ताकेता र मुद्दा हाल्ने चेतावनी, घरमा श्रीमतीको किचकिच । मानसिक शान्तिको खोजीमा छट्पटाएका उनी अमेरिकाबाट भागेर रातारात नेपाल आए । अमेरिकी नागरिकले नेपालमा प्रवेशाज्ञा शुल्कलगायत अन्य कानूनी औपचारिकता निर्वाह गर्नुपर्छ । तर नेपाली नातेदारलाई अघि सार्दा यसबाट उन्मुक्ति पाइने प्रावधान पनि छ । उनले यसका निम्ति दाजुको सहयोग लिए । 
गौतम बुद्द नेपालमा जन्मिएका हुन् भन्ने एक पौराणिक र स्थापित मान्यतालाई आधार बनाएर लामो अन्तर्वार्ता लिएको कीर्तिमान बनाए । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीको निगाहमा मुलुकको सरकारी टेलिभिजनमा बिना श्रम अनुमति ‘सिधा कुरा प्रधानमन्त्रीसंग’ चलाए । केपी ओलीले कार्यक्रम सञ्चालकको कानुनी हैसियतबारे बुझबुझारथ गर्न आवश्यकता ठानेनन् । कालान्तरमा नेपाल टेलिभिजनले यो कार्यक्रम उनको हातबाट खोसिदियो । अनि देखियो नीलो स्यालको नयाँ अवतार !
नेपाली श्रम कानूनका बारेमा उनलाई ‘थाहै थिएन !’ एउटै व्यक्तिले दुई मुलुकका फरक राहदानी प्रयोग गरेर विदेश यात्रा गर्नु फौजदारी कसूर हो भन्ने पनि उनलाई ‘थाहै थिएन!’ एक बिदेशी नागरिकले टेलिभिजन कार्यक्रम उत्पादन गर्नुअघि नेपाली कानुनअनुसार सूचना विभागको अनुमति लिनुपर्छ भन्ने पनि उनलाई ‘थाहै भएन!’ प्रेस काउन्सिलले यसबारेमा ‘थाहा’ दिएपछि उनको प्रतिकृया थियो, ‘म पत्रकार होइन । बरु जुत्तामा पालिस लगाउँछु, अनुमति लिन्न !’ 
एउटा निजी टेलिभिजनमा नेपालका अलोकप्रिय राजनीतिकर्मीविरुद्ध विषबमन गरेर कमाएको प्रसिद्दीले उनलाई ‘भुईं न भाँडो’को अवस्थामा पु¥याएको थियो । तर शालिग्राम पुडासैनी नामक एक स्ट्रिङ्गरले द्रब्यप्रेमको पर्दाफास गर्दै आत्महत्या गरेपछि उनले काम गरेको टेलिभिजन कम्पनीसंग सम्बन्ध चिसो भयो । चितवनको खोरमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा एघार दिन बस्नु तात्कालिक बरदान थियो । रास्वपा सभापतिकी पत्नी राप्रपा नेताकी छोरी हुन् । चितवनमा राप्रपाले भीड जम्मा ग¥यो । बाँकी भीड तमाशा हेर्न तयार थियो । 
यसैबीच रास्वपाका सभापतिको जीवनमा जिबी राईको प्रवेश भयो । सहकारी खोल्दै भुईंमान्छेको बचत अपचलन गर्न खप्पिस राईसँग साँठगाँठ नियोजित थियो । ग्यालेक्सी टिभीको तामझाम चल्दैथियो, अचानक बालेन साह नामक एक अपरिचित ¥यापरले राजधानी महानगरको चुनाव जितेर देखाए । बालेन स्वतन्त्र उम्मेदवार थिए । सहकारी ठगीको जगमा उभिएको ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहेका अहिलेका रास्वपा सभापतिको मनमा लड्डू फुट्यो । उनले टेलिभिजनबाट खाईपाई आएको सबैकुरा त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी खोल्न जमर्को गरे । जिबी राईलाई यसले रिस उठ्नुपर्ने थियो । तर उनी खुशी भए । किन? 
यसबारेमा रास्वपाका धेरै कार्यकर्तालाई थाहा छैन । जिबी राईले स्वामित्व ग्रहण गरेका सहकारीहरूलाई सम्बन्धित जिल्लाहरुमा मात्रै काम गर्ने अनुमति थियो । तर रास्वपा सभापतिका ‘साइड किक’ तथा त्यो दलका उपसभापति डिपी अर्यालले पनि सहकारी खोलेका थिए । यो सहकारी कृषिमा आधारित थियो, जसलाई जिल्लाको परिधि नाघेर मुलुकभरि पैसा उठाउने सुविधा थियो । कानुनले यसै भनेको छ । जिबी राई खुशी थिए । एकातिर आफ्नो साझेदार गृहमन्त्री भएको छ, अर्कोतिर आफ्नो ठगी साम्राज्यको मुलुकभरि बिस्तार हुने सम्भावनाले आकार लिंदैछ । 
तर भनेजस्तो भएन । जिबी र रविको धन्दा असमयमै छताछुल्ल भयो । छवि नामक एक भूतपूर्व पुलिस दुई ढुङ्गाबीचको तरुलको रुपमा पिल्सिए । 
अप्राकृतिक गठबन्धन 
नेपाल देश अहिले यान्त्रिक उल्लासको उत्कर्षमा छ । धेरैलाई लागेको छ, नीलो स्याल र कालो चश्माको गठबन्धनले मुलुकको पुरानो नकाब च्यातेर नयाँ निर्माण गर्नेछ । यो आशा हावादारी हो । 
नीलो स्याल र कालो चश्मा एक आपसमा मिल्दैनन् । न यिनीहरुसंग मिलेर ‘देश बनाउने’ कुनै मार्गचित्र छ । नीलो स्याललाई आफ्नो ठगी मुद्दाबाट पार पाएर जेलमुक्त हुने लालसा थियो । बालेन साहलाई कसले उचालेको छ, त्यो अहिले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उछालेको समाचार सामग्री हेरेर थाहा हुन्छ । नीलो स्याल र कालो चश्माको गठबन्धन ‘घ्यु बेचुवा र तरवार बेचुवा’को विनिमय हो । जेनजी पुस्तालाई यो कथा थाहा नहुन सक्छ । तर उनीहरुको सुविधाका लागि म छोटोमा भन्दैछु,
एउटा मेलामा दुई ठगको भेट भयो । एउटाले एक माना घ्यु बेच्न ल्याएको थियो । अर्कोले सुन्दर आकर्षक तरवार । दुवैले मोलमोलाई गरे । निश्चित रकममा कुरा मिल्यो । पैसाको लेनदेन भयो । घर पुगेर घ्यु बेच्नेले किनेको तरवार खाँबोमा हानेर हे¥यो । तरवार दुई टुक्रा भयो । बाहिर टल्किने रंग दलेर बनेको त्यो तरवार भित्र मैन रहेछ ! मैनबत्तीको मैन ! घ्यु किन्नेले घर गएर हे¥यो, माथि त खुब बास्नादार घ्यु ! तर तल खोतलेको त के देखिन्छ ? गोबर !
रास्वपा सभापति र रास्वपाका मानार्थ वरिष्ठ नेताको गठबन्धन पनि यस्तै हो । भ्रममा नपरौं । विदेशीले बोकेको कुकुरले भुके पनि आफ्नो मालिकका लागि भुक्छ । देशको लागि भुक्दैन । पुरानाले लडेका कारण सित्तैमा पाएको प्रजातन्त्रलाई सस्तो रुपमा लिंदैछ नयाँ पुस्ता । जेनजीका नाममा जो मरे, जति मरे, तिनलाई उक्साउने कालो चश्मा हो । नीलो स्याल अहिले यसको फाइदा उठाउन आएको छ, जेलबाट भागेर ! 
रास्वपाको उदयले भूराजनीतिक सन्तुलन खल्बलिने पक्का छ । मेरो पुस्ताले नेताहरुलाई औंला ठड्याउन पाएको छ । अबको पुस्ता साइरनको चित्कार सुनेर बंकरमा लुक्न अभिषप्त नहोस् । रास्वपाको काँधमा चढेर यो अवस्था आउने सम्भावना छ । मेरो काम बिना डर र लोक लाज बोल्ने हो । भीडले नदेखेको कुरा देखाउने हो । आँखा खोल्ने काम भीडको हो ।
पत्रकार तथा लेखक राजेश मिश्रको लेख - जनआस्थाबाट लिएको हो 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार