मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

NPL उपहार दिपेन्द्र ऎरीलाइ ६२ लाखको कार, ललित लाई मोटरसाइकल

Khaptad Daily 64+ समाचार ( )
७ पौष २०८१, आइतबार

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन्। नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन्। 

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन्। 

नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए। ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपीएलको पहिलो संस्करणमा उपविजेता बनेको छ। कप्तान ऐरीले एनपीएलका नौ खेलबाट २२७ रन जोड्दै नौ विकेट बनाएका हुन्। 

एनपीएलको विजेता टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्। 

उनले एनपीएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन्। ललित एनपीएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रन समेत जोड्न सफल भए।  

‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन्। उनले पाँच लाखको चेक प्राप्त गरे। जैबले एनपीएलमा सुदूरपश्चिमका लागि २७५ रन जोड्दै १२ विकेट लिएका थिए।

जनकपुरबाट एनपीएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’को अवार्ड प्राप्त गरेका छन्। एनपीएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन्। मिलान्थाले एनपीएलमा कुल २९३ रन बनाएका छन्। 

यसैगरी जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन्। उनले दुई लाखको चेक समेत प्राप्त गरेका छन्। निशमले जनकपुरका लागि २४७ रन जोड्दै ७ विकेट आफ्नोे नाममा दर्ता गरेका  छन्। 

कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’को अवार्डसहित ५० हजारको चेक प्राप्त गरेका छन्। साथै उनले प्रेसिडेन्टल ग्राजुयट स्कुलबाट दश लाख बराबरको छात्रवृत्तिसमेत प्राप्त गरेका छन्। विपीनले एनपीएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन्। एनपीएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।

रासस 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार