चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाबीच भेटघाट भएको छ। जोरायल गाउँपालिकाको चलचित्रका माध्यमबाट पर्यटकीय सम्भावना खोज्दै सिने जगतमा सहयोगी बनेका ओझा र चलचित्र विकास बोर्डका अध्यक्षबीच आज बोर्डकै कार्यालयमा भेटघाट भएको हो ।
गाउँपालिकाका अध्यक्ष ओझाले सिनेमा पर्यटकीय गन्तव्य स्थलको रुपमा पहिचान गर्न अध्यक्ष डिसीसँग अनुरोध गरेका छन्। आफ्नो पालिकामा पर्यटकीय सम्भावना रहेकोले ओझेलमा परेका ती गन्तव्यहरूलाई पहिचान गराउन विकास बोर्ड सहकार्य समन्वयमा अगाडि बढाउने उद्देश्य रहेको अध्यक्ष ओझाले बताए। उनले कला संस्कृति र रमणीय दृश्यको पहिचान गर्न विकास बोर्डका अध्यक्षसँग छलफल भएको बताए ।
भेटघाट पश्चात् अध्यक्ष डिसीले समग्र जोरायल गाउँपालिकाको निरीक्षण गर्ने र सही पर्यटकीय दृश्यको पहिचान गर्ने गरी आफू त्यस क्षेत्रमा आउने आश्वासन समेत दिएका छन्।
विकास बोर्डका अध्यक्षले आगामी दिनमा पालिकासँग साझेदारी गरी त्यहाँको पहिचान देशभरि मात्र नभई विदेशसम्म पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। सो भेटघाटमा विकास बोर्डका सदस्य राजु केसी उपस्तिथिमा चलचित्र छायाकार वीरेन्द्र भट्ट ले सयोजन गर्नु भयेको थियो
जोरायल गाउँपालिकामा यसअघि थुप्रै म्युजिक भिडियोहरू र एक्सन नायक विराज भट्ट निर्देशित साङ्लो फिल्म समेत निर्माण भइसकेका छन् ।