मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |
मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

शरणार्थीको ओइरो लाग्ने आशंका गर्दै नेता थापाले नेपालको पूर्वी नाका काकडभिट्टा सहित विभिन्न नाकाहरुमा आवतजावतमा कडाई गर्न र निगरानी बढाउन सरकारसँग माग गर्नुभएको छ
बंगलादेशको द्वन्दले नेपाललाई खतरा ,लाखौ शरणार्थीको रुपमा नेपाल प्रवेश गर्न सक्ने

Khaptad Daily 64+ समाचार ( )
बंगलादेशको द्वन्दले नेपाललाई खतरा ,लाखौ शरणार्थीको रुपमा नेपाल छिर्न सक्ने
२४ श्रावण २०८१, बिहीबार

बंगलादेशबाट लाखौं हिन्दूहरु शरणार्थीका रुपमा बाहिरिने र तीमध्ये कैयन नेपाल पस्न सक्ने आशंका गोविन्द थापाले गर्नुभएको छ । 


नेकपा एमालेका केन्द्रीय सदस्य थापाले सामाजिक सञ्जाल फेसबुकमा हाल्नुभएको आफ्नो भिडियो ब्लगमा बंगलादेशको अशान्तिले नेपाललाई पनि प्रभावित पार्ने आशंका गर्नुभएको हो । 


विगतमा भारतको बाटो हुँदै भूटानीहरु शरणार्थीका रुपमा नेपाल आएको, अहिले पनि म्यानमारबाट रोहिंगिया मुसलमान शरणार्थी नेपाल आइरहेको चर्चा गर्दै नेता थापाले बंगलादेशबाट पनि शरणार्थीको ओइरो लाग्ने आशंका गर्नुभए हो । 


शरणार्थीको ओइरो लाग्ने आशंका गर्दै नेता थापाले नेपालको पूर्वी नाका काकडभिट्टा सहित विभिन्न नाकाहरुमा आवतजावतमा कडाई गर्न र निगरानी बढाउन सरकारसँग माग गर्नुभएको छ । 


बंगलादेशको एउटा भाग र म्यानमारको अर्काे भाग टुक्राएर त्यसलाई क्रिश्चियन देश बनाउन खोजिएको शेख हसिनाले तीन महिना अघि बताउनुभएको थियो । त्यहि प्रसंग बताउँदै थापाले पदमा बसिरहेकी शक्तिशाली प्रधानमन्त्रीको मुखबाट यो कुरा सुनेर आफूलाई आश्चर्य लागेको थापाले बताउनुभएको छ । 


गोविन्द थापा भन्नुहुन्छ– ‘विश्वमा पूर्ण सन्तुष्ट र खुसी जनता कुनै पनि देशमा छैनन् । बंगलादेशका जनता पनि सन्तुष्ट थिएनन् । यद्यपी विश्वलाई नै चकित पार्ने गरी बंगलादेशले आर्थिक विकास गरिरहेको थियो । बंगलादेशमा लोकतन्त्र त थियो तर सबल थिएन । बंगलादेशी राजनीतिमा सधैं सैनिक शासनको छायाँ पर्दै आएको थियो । एकातिर सैनिक शासनको छायाँ, अर्कातिर अवामी लिगकी शेख हसिनाको एकतन्त्रीय सरकार । यसले गर्दा बंगलादेशमा उकुसमुकुसको वातावरण थियो । प्रतिपक्षी कित्तालाई निषेध गरिएको थियो । यो कारणले गर्दा त्यहाँका जनताको धैर्यको वाँध कुनै पनि बेला टुट्न सक्थ्यो । अहिले आएर टुट्यो ।’ 



बाहिरबाट हेर्दा बंगलादेशमा जे भयो त्यहाँका जनताले नै गरे भन्न सकिन्छ तर आजको जटिल विश्व राजनीतिमा कुनै पनि घटनालाई सतही आँखाले मात्र हेरेर नपुग्ने भन्दै थापा अगाडि भन्नुहुन्छ– ‘बंगलादेशमा कुनै न कुनै गडबडी हुन गइरहेको छ भन्ने संकेत बारम्बार मिलेको थियो । शेख हसिनाको सरकारलाई मात्र नभएर बंगलादेश राष्ट्रमाथि नै कुनै खतरा आउँदैछ भन्ने कुरा भूराजनीति बुझेकाहरुले भन्दै आएका थिए ।’ 


कुनै पनि देशलाई टुक्राउनु छ भने त्यसलाई हिंसा र अस्थिरतामा फसाउनुपर्ने हुन्छ । यही काम बंगलादेशमा गरिएको हो कि होइन भन्ने प्रश्न उठाउँदै थापाले आगामी दिनको घटनाक्रमले तथ्य देखाउने बताउनुभएको छ । 


बंगलादेशमा हिँसा रोकिएन, विदेशी चलखेल तिब्र बन्दै गयो भने त्यहाँ गृहयुद्धको हालत हुने विष्लेशण गर्दै थापा भन्नुहुन्छ– ‘त्यो अवस्थामा त्यहाँका लाखौं हिन्दू प्रभावित हुनेछन् । अहिले नै खबर आउन थालिसक्यो, बंगलादेशमा हिन्दूहरुमाथि अत्याचार भइरहेछ । हिन्दूहरुको घर जलाइँदै छ । यो अवस्था नियन्त्रण भएन भने त्यहाँका हिन्दूहरु आसाम र बंगाल प्रान्त भएर भारत भित्रनेछन् । लाखौं शरणार्थी ओइरिँदा उनीहरुको सानो हिस्सा नेपाल पस्यो भने के हुन्छ ? विगतमा भारतको भूमि हुँदै भूटानीहरु भारतको बाटो हुँदै नेपाल आएका थिए । अहिले म्यानमारबाट भारत हुँदै रोहिंगिया मुसलमान शरणार्थीहरु नेपाल आइरहेका छन् । त्यसैगरी भारतीय भूमि हुँदै बंगलादेशी हिन्दूहरु नेपाल आए भने अवस्था विकराल हुनेछ । यो कुरामा वर्तमान केपी शर्मा ओली सरकारले गहिरो ध्यान दिनुपर्छ । नेपालको पूर्वी नाका काकडठभिट्टा सहित विभिन्न नाकामा सुरक्षा र आवतजावतमा कडाई गर्न आवश्यक छ ।’ 


देशभित्रको असन्तुष्टि र देश बाहिरको स्वार्थ मिलेपछि कति विकराल अवस्था आउँछ भन्ने बंगलादेशमा देखिएको विचार राख्दै थापाले बंगलादेशको भौगोलिक अखण्डता बचाउन नेपालले सहयोग गर्नुपर्ने विचार राख्नुभएको छ ।

sunrisekhabar.com बाट साभार गरिएको 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार