मुख्य समाचार
के नेपालीले बंकरमा लुक्ने दिन आएकै हो? | बडिकेदार क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा उपेन्द्र बम नियुक्त | जनताको पसिनामा खेल्ने लुसिफर प्रवृत्तिलाई ‘युवा आशा’को खोल ओढाएर नेपाललाई युक्रेन बनाउने खेल चलिरहेको छ | भिम रावलको झुट बान्निगढिकी निर्मला साउदलाई समानुपातिक उमेदवार भएको भन्दै भोट माग्दै | बालेनको घमण्डले स्थानीय समर्थकहरु टाढिन थाले,मतदातालाई नमस्कार समेत फर्काउदैनन | आफ्नै छोराले गरे आमाको निर्मम हत्या | हेर्नुहोस कुन आधारमा गगन थापा पक्षले मान्यता पायो? | सिन्धुलीको SBI बैंक लुटेराहरु खोज्दै प्रहरी ,गाडी चालक नियन्त्रणमा | रास्वपाको अर्को झुठ,चौधरी भन्छन कुलमान भेट्‌न गएको थिएँ, पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ | रविदाइको ५० लाख कमिसन भाउजुले बुझिन ?त्यो पनि भुटानी शरणार्थी प्रकरणका दोषी बाट? |

चैतन्य पाठशाले बोगटानको सिमचौरमा न्यानो कपडा बाड्यो,

Khaptad Daily 64+ समाचार ( )
१७ पौष २०८१, बुधवार

आज डोटिको बोगटान फुडसिल गाउपालिका-१ सिमचौर स्थित सिमचौर मावीमा विद्यार्थीहरुलाइ न्यानो कपडा बाडिएको छ, सो विद्यालयको प्राङ्गणमाभएको कार्यक्रमको सभाअध्यक्षमा  - विब्यब अध्यक्ष प्रदिप घर्तिमगर रहनुभएको थियो भने प्रमुख अतिथि - चैतन्य पाठशाला/चैतन्य एकेडेमीका अध्यक्ष गणेश प्रसाद जोशी रहनुभएको थियो विशिष्ट अतिथिमा सोही पाठशालाका विब्यब संघ अध्यक्ष - इश्वर गिरि र साइकल यात्री चर्चित पर्यटक पत्रकार चैतन्य एकेडेमी को ब्रान्ड एम्बेस्डर भरत विक्रम शाह र बिशिस्ट अतिथी  बोगटान फुडशिल गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेम घर्तिमगर ज्यु रहनुभएको सो कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

२०३२ सालमा स्थापना भएको सिमचौर माविमा हाल  अध्यनरत १८६ जना विद्यार्थिहरुलाइ न्यानो कपडा स्विटर वितरण भएको हो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गणेश प्रसाद जोशी ज्यु ले आफ्नो पुर्ख्यौली घर गाउपालिका को २ नम्बर वडा स्थित चाल्समा रहेको र उक्त विद्यालयमा न्यानो कपडा वितरण गर्न पाउँदा हर्षित भएको साथै विद्यालयको सर्वाङ्गिण विकासका लागि जोड दिने प्रतिबद्धता जनाउनुभएको थियो भने कार्यक्रमका अतिथि तथा १ नम्बर वडा अध्यक्ष खेम घर्ती मगर ले सहयोगी दातासंस्था लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो, वर्तमान शिक्षाप्रणाली ले देशमा बेरोजगार मात्रै उत्पादन गरीरहेको र यो प्रणालीको लाई परिवर्तन गरि देशको माटो सुहाउँदो  शिक्षानीति बाट मात्र जनशक्ति उत्पादन हुनुपर्ने कुरामा जोड दिनुभएको थियो।

निवर्तमान प्रअ- डम्बर बहादुर बमले अतिथि हरुलाइ स्वागत मन्तन्यबाट स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन उक्त विद्यालयका शिक्षक - छत्र बहादुर बोहराले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीद्वारा आकर्षक पिटिकवाज खेलेर कार्यक्रमको शोभा बढाएका थिए।

धनगढी उपमहानगर पालिका स्थित ५ नम्बर वडाको शिवनगरमा रहेको चैतन्य एकेडेमी पाठशालाले विगतका वर्षदेखिनै देशका विभिन्न विद्यालयमा यस्ता परोपकारी कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार