राजेन्द्र प्रसाद खनाल - नया दिल्ली
नेपाली संघ भारत केन्द्रीय समितिले भारतको दिल्लीमा साहित्य समारोह कार्यक्रम हिजो भव्यताका साथ सुरूवात गरेको छ
उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञावली हुनुहुन्छ, सो साहित्य समारोह कार्यक्रममा विभिन्न शिर्षक माथि छलफल हुनेछ ,छलफलमा भारतमा अध्यनरत नेपाली विध्यार्थीहरूका प्रतिनिधि ,भारतमा कार्यरत नेपाली उध्योगी व्यावसायीहरू, बौद्धिक व्याक्तित्वहरू भारत स्थित नेपाली दुतावासका प्रतिनिधि हरू नेपालका लागि भारतीय पुर्ब राजदूत मनबिरसिह पुरि लगाएका बिभिन्न संघसंस्थाका जानकारहरू र प्रवासी नेपाली समुदायका जनसंगठनका प्रतिनिधीहरू बाट सुझावहरू प्रस्तुत हुनेछन उक्त कार्यक्रम बाट नेपाल भारत साहित्य सम्बन्धः इतिहास वर्तमान र भविष्य भारतमा रहेका आम प्रवासी नेपालीहरूका समस्याहरू र समाधानका उपायहरू प्रवासी नेपाली आन्दोलनमा महिलाहरूको भूमिका भारतमा रहेका नेपाली उद्यमी व्यवसायीहरूका चुनौती र अवसरहरु , भारतमा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र प्रवासी नेपाली आन्दोलनमा उनीहरूको भूमिका र भारतमा रहेका प्रवासी नेपाली बुद्धिजिविहरू र उहाँहरु मर्फत प्रवासी नेपाली आन्दोलनका सन्दर्भमा आजको भूमिका कस्तो हुने भन्ने सम्बन्धमा प्रस्ट हुनलाई महत्वपूर्ण सहयोग पुग्नेछ।
कार्यक्रमका सन्दर्भमा प्रवासी नेपाली संघ भारतले दिल्लीमा उक्त कार्यक्रममा सहभागी बन्न प्रवासी नेपाली संघ भारत केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरू ११ वटै राज्यका पदाधिकारीहरू कलाकारहरूले भारतका विभिन्न राज्यहरू को प्रतिनिधित्व गर्दै यो कार्यक्रम लाई सफल पार्न सबैले आ-आफ्नो ठाँउबाट महत्पूर्ण भुमिका खेलेका थिए सो कार्यक्रम तिन दिन सम्म चल्ने छ।
सफल कार्य को शुभकामना 🙏💪💪
ATI uttam we are saport your dream congratulations