- कञ्चनपुर मातृभूमि लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय ढक्काबजार कञ्चनपुरले आफ्ना ग्राहक सदस्यहरुलाई एक दिने बित्तिय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कञ्चनपुर जिल्ला पुनरबास नगरपालिकाको आइ बि आरडिमा रहेको सम्राट होलमा सन्चालन गरेको थियो उक्त कार्यक्रममा बेलौरी नगरपालिका वार्ड नं. २ की वडा सदस्य श्री साबित्री सार्की प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको सभाअध्यक्ष पावर्ति सेडाई ले गर्नु भएको थियो । उक्त कार्यक्रमको स्वगत मन्तब्य संस्थाका सहायक महाप्रबन्धक लोकमणि रेग्मीले दिनु भएको थियो । कार्यक्रमको संन्चालन अनुगमन कार्यालय अत्तरियाका अनुगमन प्रमुख गम बहदुर खड्का ले गर्नु भएको थियो । शाखाको बित्तीय बिवरण शाखा प्रबन्धक इश्वरी मडैले पेश गर्नु भएको थियो भने सदस्यहरु लाई बचत,कर्जा,बिमा र बिश्पेषण भनेको के हो ? संस्थाले उपलब्ध गराउने सेवा सुबिधा हरु के के हुन ? भन्ने बिषयमा बित्तीय संस्थाका सहायक महाप्रबन्धक लोकमणि रेग्मी ज्यूले प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा शाखा कार्यालय ढक्काबजार,कञ्चनपुरका सम्पुर्ण कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
मातृभूमि लघुबित्त बित्तीय संस्थाले ग¥यो बित्तिय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रम
मातृभूमि लघुबित्त बित्तीय संस्थाले ग¥यो बित्तिय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रम
मातृभूमि लघुबित्त बित्तीय संस्थाले ग¥यो बित्तिय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रम
१० आषाढ २०८२, मङ्गलबार